Rule 15
दोहोरो अनुमतिपत्र नदिइने
(१) नियम ११ बमोजिम कुनै व्यक्ति वा संगठित संस्थालाई स्रोत सर्वेक्षण गर्न अनुमतिपत्र दिई सकेपछि सो अनुमतिपत्रको अवधिभर सोही क्षेत्रमा सोही कामको लागि सर्वेक्षण गर्न पाउने गरी अन्य कुनै व्यक्ति वा संगठित संस्थालाई सर्वेक्षण गर्न दोहोरो अनुमतिपत्र दिइने छैन ।
(२) नियम १४ बमोजिम स्रोत उपयोग गर्न कुनै व्यक्ति वा संगठित संस्थालाई अनुमतिपत्र दिई सकेपछि सो अनुमतिपत्रको अवधिभर सो अनुमतिपत्र प्राप्त व्यक्तिले उपयोग गर्ने पानीको परिमाणमा कटौती हुने गरी अन्य व्यक्ति वा संगठित संस्थालाई सोही स्रोत उपयोग गर्न पाउने गरी दोहोरो अनुमतिपत्र दिइने छैन ।